देशभर थप ६३ जनामा कोरोना संक्रमण

काठमाडौं। देशभर पछिल्लो २४ घण्टामा थप ६३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार १६ पुगेको छ।

शनिबार १३१ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर १ हजार ९६६ जना कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

गत २४ घण्टामा देशभर १ हजार ५७४ पीसीआर तथा २ हजार १६६ एन्टिजेन परीक्षण भएको छ।