आज यी प्रदेशमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाडौं। जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले आजको मौसम बुलेटिन जारी गरिएको छ। ओडिसा र पश्चिम बंगाल आसपास रहेको न्यून चापिय क्षेत्रको सामान्य प्रभाव रहेको छ।

हाल मौसमको अवस्था देशको बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा सामान्य भई केही स्थानहरुमा मेघगर्जन र चट्याङ सहित हल्का देखी मध्यम वर्षा भईरहेको छ।बांकी प्रदेशहरुमा आंशिक देखि सामान्य बदली भइ एकदुई स्थानहरुमा हल्का वर्षा भईरहेको छ।

आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

त्यस्तै आज राती देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका एकदुई स्थानहरुमा भारी वर्षाको समेत संभावना रहेको छ।

यस्तो छ आगामी २४ घण्टामा महाशाखाले दिएको चेतावनी तथा परामर्श

प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानहरुमा भारी वर्षाको समेत संभावना रहेकोले उक्त क्षेत्रहरुमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिमका साथै सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेको छ।

नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन समेत सामान्य प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।