एक बफादार कार्यकर्ता !

हरिराज अधिकारी-

हेल्लो दाजु नमस्कार, सन्चै हुनुहुन्छ?चिया लिनु भो कि छैन ? ज्यानलाई आरामै छ होइन त दाइ? दाइ मेरो बिदेशको लागि भिजा लाग्यो, भोलि टिकेट छ यसो अरु काम पनि छ अलिक ब्यस्त हुन्छु कि भनेर आज बिहानै हजुरलाइ भेट्न आको नि दाइ , हजुरको खुबै माया लग्छ नि दाइ ।

कुन देश जान लागेउ त भाइ? दाजु पनि आफ्नो क्यापासिटि अनुसारको देशमा जाने हो के हा हा हा …. अब दाजु कलेजमा पढ्ने बेला नेता बन्दै हिनियो शिक्षकलाइ थर्काउदै हिनियो, कहिले कालो मुसो दलियो , कहिले पुत्ला जलाइयो , कलेजमा झ्याल ढोका फोर्दै हिनियो, सिसा त झरम झरम पारियो, कजेलको क्यान्टिनलाई चिया अड्डा बनाउदै झण्डै पार्टी कार्यलय नै सम्झियो, बाउले घरबाट पढाइको लागि पठाएको पैसो पार्टिको पर्चा बनाउने काममा लगानि गरियो किताबमा लगानी गरिएन ।

दाजु हजुरलाइ थाहै छ त किताबको झोला कहिले बोकिएन बोके पनि झोलामा किताब हुदैनथ्यो।अनि कक्षामा कहिले पूरा समय बसिएन। पढाइ र रिजल्टले पुरै गोल खाइगो नि दाजु हा हा… गुणस्तरीय शिक्षा, आधुनिक शिक्षाको खुबै चर्को गफ हाकियो शिक्षामा आमूल परिवर्तन ल्याउनपर्छ भनियो है दाजु आफैलाइ आफुले पढ्ने पूरा किताबको नाम थाहा थिएन , किताबमा केके छ थाहा थिएन तर फेरि हामी खत्रै पढ्या हो है, रिजल्ट पो शून्य हो त हा हा…. जे होस दिन चै रमाइला नै थिए है दाइ अलिक राम्रो सङ पढ्न पर्थ्यो नि त भाइ तिमी जस्तो आसल मान्छेले!

दाजु हजुरको निर्देशन कडै थियो त त्यो बेला आज पनि छ है । तर दाजु एउटा रमाइलो कुरो त हजुरलाइ सुनएकै छैन । हजुरले चन्दा उठाउन पठाको बेला त्यो दुई जानले पैसो दिन नमानेको हामीले अफिमै दुई लात दिएर आएको हो नि ।

बिचार गर देशमा सरकार हार्मो छ अहिले भनेर सम्झाएर हिनेको बिचाराले केहि बोलेन हाहा हाहा … अह दाइ त्यो चोकमा बन्द भनेर आन्दोलन गरेको बेला एउटो सिधा मान्छे कता इमर्जेन्सी काम छ भन्दै थ्यो हामिले जान मिल्दैन ? अटेर गरेको हो भनेर राम धुलाइ हानियो नि दाइ।

दिन त रमाइलै थिए है दाजु हाहा हाहा दाजुहरुको साथ राम्रै थियो है।बिहान देखि बेलुका सम्म कलेज मै बस्न मन लाउथ्यो हामिलाई तै पनि कक्षामा जान चै मन लाग्दैन थ्यो है । सच्ची दाइ हजुर सङ भेट हुनु भन्दा पहिला मैले रौसी र चुरोट खादैन थिए तर हजुरहरु सङ हिन्दा केके खाइयो खाइयो है ।

त्यो हामिले उस्को मा खाको बिदेशी ब्रण्डिको स्वाद मलाइ लास्ट मन पर्यो है दाजु हाहाहा हाहा के भन्छ यो भाइ आज फेरि ? हेत्तेरिका दाइ मेरो त भोलि टिकेट पो छ आज दाजु सङ बिगतका रमाइला कुरा गरेको नि। तर दाजु मलाइ खुबै चिन्ता पनि लागेको छ चुनब नजिकिदै छ म बिदेशीदै छु ।

चुनाबमा तपाइले मेरो एक भोटले पराजय ब्याहोर्नु पर्छ कि भनेर। बाध्यता छ दाजु मैले कैले मेरो बुबा आमाको अनुहार तिर हेरेको थिएन चाउरी परि सकेछ , मेरो बुबाआमा को सोच सपना अन्दाज गरेको थिएन , म माथी गरेको लगानी र भरोसा प्रती ध्यान पुराको थिएन र मेरो हातमा हुन पर्ने शैक्षिक प्रमाणपत्रहरुको महत्व बुझिन हुन त बुझु पनि कसरी भए पो बुझ्नु पास नै गर्न सकिएन ।

दाजु समयले नेटो काटी सकेछ , घर ब्याबहार एकदम थिलथिल भै सकेछ। खै दाइ हिजो आझ हजुरले खुवाएको रौसिको झ्याप अबस्थाबाट होसमा आए जस्तै भएको छु ।त्यही भएर त बिदेश जान लाको दाइ।

राजनैतिक मामिलामा हजुरले जे भन्यो अक्षरस्स पालना गरियो कार्यनयन गरियो धेरैलाइ हवला दिइयो तर हजुरलाई कमजोर हुन दिइएन है दाजु । हजुरको खुब चिन्ता लाग्छ खुब माया लाग्छ ।

चुनाब नजिकिदै छ म बिदेशिदै छु । बाध्यात भैसकेछ दाजु मेरो बिदेशिनु अहिले खाडी गएर आउछु बाकी पछि सोच्छु दाजु ।मेरो चिन्ता नगर्नु है दाइ मेरो खाडिमा जागिर पक्का भएर टिकेट लिएको हो ।

काम दाम त त्यही क्यापासिटी आनुसारको त होला होइन दाइ हा हा हा हा ल दाइ म लागे घरमा बा आमाले पनि खाना खान लाई कुरेका होलान एक छक त परिवार सङै बसेर खाउ हिजो काहाकाहा खाइयो भोलि के हुने हो है । तर दाइ चिन्ता नलिनु हामी जे भए पनि तपाई एक लट मन्त्री त हुनै पर्छ ।

चुनाबको वेला पैसाको खाचो परे मलाइ भन्नू होला मलाइ पनि थाहा छ नि दाइ चुनाबको बेला व्यापक खर्च हुन्छ भन्ने कुरो त्यो बेला सम्म त खाडिमा म पनि दुइचार हजार कमाएको हुन्छु होला अलिक भए पनि हजुरलाइ सजिलो होला नि ।