सुनचाँदीको मूल्य घट्यो,तोला कति ?

काठमाडौं। नेपाली बजारमा आज सुनचाँदीको भाउ घटेको छ।सुन प्रतितोला १ हजार २ सय रुपैयाँले घटेको छ। आज छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँ कायम भएको छ।

सोमबार छापावाल सुन प्रतितोला ९५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, तेजाबी सुनको आज प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यसैगरी, आज चाँदीको मूल्य १५ रुपैयाँले घटेको छ। चाँदी आज प्रतितोला १२ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।