पछिल्लो २४ घण्टामा पहिरोबाट १७ को मृत्यु, १७ बेपत्ता

सांकेतिक तस्वीर

काठमाडौं । पछिल्लो २४ घण्टामा पहिरोका ३४ घटना भएका छन्। जसबाट १७ जनाको मृत्यु भएको छ भने १७ जना बेपत्ता भएका छन्।

यस्तै, पहिरोमा परी १५ जना घाइते भएका छन्। यो अवधिभर पहिरोबाट करिब ७४ लाखको क्षति भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।मृत्यु हुनेमा कालिकोट,बाजुरा, मुगु, हुम्ला, जुम्ला र दाङ जिल्लाका रहेका छन्।

 प्राधिकरणका अनुसार कालिकोट, मुगु, हुम्ला र बाजुरमा बाढी र पहिरोमा परी उनीहरुको मृत्यु भएको हो । बाढी र पहिरोमा परी बाजुरामा १, हुम्लामा ४, मुगुमा ८, कालिकोटमा ३, र जुम्लामा १ जनाको मृत्यु भएको छ । बाढी र पहिरोमा परी कालिकोटमा १७ जना बेपत्ता भएका छन् ।

बाढी र पहिरोले बितेको चौबिस घण्टामा ७३ लाख रुपैयाँभन्दा बढीको आर्थिक क्षति गरेका प्राधिकरणले जनाएको छ ।