फेरि बढ्यो सुनको मूल्य,तोलामा कति ?

काठमाडौं। आज साताको चौँथो कारोबार दिन बुधबार नेपाली बजारमा सुनको मूल्य तोलामा दुई सय रुपियाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९४ हजार रुपियाँमा कारोबार भएको छापावाला सुनको मूल्य बुधबार दुई सय रुपियाँले बढेर ९४ हजार २ सय रुपियाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज तेजाबी सुनको मूल्य ९३ हजार सात सय रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यता, आज चाँदीको मूल्य भने घटेको छ । बुधबार चाँदी तोलामा १५ रुपियाँले घटेर प्रतितोला एक हजार २०० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।