प्रधानमन्त्री देउवाले गरे जसपाका चार मन्त्री बर्खास्त

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धन छाडेको जसपाका चार मन्त्रीलाई बर्खास्त गरेका छन्।

प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले बिहीबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, कृषि तथा पशुपंक्षी विकास मन्त्री मृगेन्द्रकुमार सिंह यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राई र वन तथा वातावरण मन्त्री प्रदीप यादवलाई पदमुक्त गरेका हुन्।

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनवामा जसपा सत्ता गठबन्धनमै रहेर जसपाले चुनाव जाने तयारी गरे पनि अन्तिम समयमा एमालेसँग तालमेल गर्न पुगेको थियो। मन्त्रि पदमुक्त भएका मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री देउवा आफैँले राखेका छन्।

त्यस्तै ६ महिने कार्यकाल सकाएर मन्त्री पदबाट असोज २४ गते पदमुक्त भएका गोविन्द बन्दीले सम्हाल्दै आएको कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मा सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई दिइएको छ।