भाइटीकाको शुभ साइत ११ बजेर ३७ मिनेटमा (विज्ञप्तिसहित)

काठमाडौं ।यस बर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरिएको छ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले यस वर्षको तिहारको भाइटीकाको उत्तम साइत कात्तिक १० गते ११ बजेर ३७ मिनेटमा रहेको जनाएको छ ।

समितिले सोमबार विज्ञप्ति जारी गर्दै नेपालका लागि कात्तिक १० गते ११ बजेर ३७ मिनेटमा सबैभन्दा उत्तम रहेको उल्लेख गरेको हो ।

त्यस्तै भारत, अमेरिका, बेलायत लगायतका देशमा फरक फरक समयमा उत्तम साइत रहेको समितिले जनाएको छ । तपाई कहाँबाट हेर्दै हुनुुन्छ यो तालिकामा हेरेर आफ्नो समयानुकुल टिका लगाउन सक्नुहुनेछ।