बुटवलमा सत्ता गठबन्धनको प्रदेशस्तरीय प्रशिक्षण आज हुँदै

काठमाडौं।आज बुटवलमा सत्ता गठबन्धन दलले लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण गर्दै छन् । प्रशिक्षण कार्यक्रमलाई सत्ता गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् ।

दिउँसो २ बजेदेखि बुटवलको योगी कुटीमा हुने प्रशिक्षणलाई प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी लगायतका नेताले सम्बोधन गर्ने कांग्रेस प्रदेश सभापति अमरसिंह पुनले जानकारी दिए ।

गठबन्धनको केन्द्रीय संयन्त्रले तोकेबमोजिम हुन लागेको निर्वाचन केन्द्रित प्रशिक्षणमा गठबन्धनमा आवद्ध दलका प्रदेशमा रहेका केन्द्रीय, प्रदेश र जिल्ला कमिटिका पदाधिकारीको सहभागिता रहने पुनले बताए ।

यसअघि सत्ता गठबन्धनका शीर्ष नेताहरुले काठमाडौं र ललितपुरमा पनि यस्तै प्रशिक्षण कार्यक्रम आयोजना गरेका थिए ।