सामुदायिक सहकारी संस्थाको २८ औं वार्षिक साधारणसभा भव्यताका साथ सम्पन्न

प्रेम प्रसाद कडेल- 
चितवन । सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २८ औं वार्षिक साधारण सभा तथा ११ औं अधिवेशन भव्यताका साथ सम्पन्न भएको छ। साे कार्यक्रम कटेरो पार्टी प्यालेस धर्मचोकको सभाहलमा भएकाे थियाे। 
 
संस्थाका अध्यक्ष भानुभक्त सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेफ्स्कूनका केन्द्रीय उपाध्यक्ष शान्ति अधिकारीले सहकारी संस्थाहरु नीति विधि र प्रक्रियाबाट सञ्चालन गर्ने कुरामा जोड दिदै नेपालमा सहकारीको महत्व र विशेषतामाथि प्रकाश पारिन्।
 
कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष भूपतिदास सापकोटाले शुभकामना व्यक्त गर्दै अहिलेको आधुनिक युगमा प्रविधिले युक्त तथा समय दिन सक्ने क्षमता राख्ने जनशक्ति कार्य समिति चयन हुनु पर्नेमा जोड दिए। वार्षिक साधारण सभामा सचिव काशीराम सापकोटाले वार्षिक प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष नृसिंह कडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरे।
 
साधारण सभाबाट नवनिर्वाचित अध्यक्ष उपेन्द्रराज सापकोटा, उपाध्यक्ष काशीराम सापकोटा, सचिव नृसिंह कडेल, कोषाध्यक्ष राजु खरेल, सह सचिव श्री प्रसाद कडेल, सदस्यहरूमा उमाकान्त सुबेदी, बिष्णु रिजाल, धनपति सापकोटा, रमेश घिमिरे,नरहरी कडेल र पम्फा सापकोटा ढुंगाना चयन भएका छन्।
 
लेखा समितिको संयोजकमा हिरामणि खराल, सदस्यद्वय प्रेम प्रसाद कडेल तथा माधव शर्मा सर्वसम्मत निर्वाचित भए। निर्वाचन मण्डलका संयोजक रामजी अधिकारी, संस्थाका पूर्व अध्यक्षहरु कृष्ण प्रपन्न गौतम, रमाकान्त खरेल तथा सल्लाहकार मिना खरेल लगायतले शुभकामना तथा बधाई दिए।
 
नवनिर्वाचित समितिको तर्फबाट उपेन्द्रराज सापकोटाले प्रतिबद्धता व्यक्त गरे। हाल यस सहकारी संस्थाका करिब दुई हजार शेयर सदस्य रहेका छन्। संस्थाका उत्कृष्ट बचतकर्तालाई पुरस्कार तथा जेष्ठ सदस्यहरूलाई सम्मान पत्रले सम्मान गरिएको थियो।