अखिल (क्रान्तिकारी)को संयुक्त बैठकले १० बुदा सार्वजनिक गर्दै,भन्यो निर्वाचन सक्रिय बहिष्कार गर्छौं

काठमाडौं।नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी)को संयुक्त बैठकले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई सक्रिय बहिष्कार गर्ने निर्णय गरेको अध्यक्ष हरिकृष्ण गजुरेल बताउनु भयो।

आज दुवै विद्यार्थी संगठनले संयुक्त वक्तव्य जारी गर्दै भनेका छन्, महान जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका संघर्षहरुमा सक्रिय भुमिका निर्वाह गर्दै त्याग, बलिदान,समर्पणसहित राष्ट्रियता, जनतन्त्र जनजीविकाको सुनिश्चिता एवं बैज्ञानिक र जनवादी शिक्षा प्राप्तीका निम्ति शिक्षा र स्वास्थ्य क्षेत्रमा भइरहेका विकृति, विसंगति एवं शिक्षाको नीजिकरण, व्यापारीकरण, दलालीकरण र माफियाकरणबिरुद्ध निरन्तर संघर्ष अगाडी बढाउने भनिएको छ। साथै विज्ञाप्तिमा १० बुँदे कार्ययोजना र नारा समेटिएका छन्।