सीटीइभीटीले प्रमाणपत्र तहको प्रवेश परीक्षा पुनः सञ्चालन गर्ने (सूचनासहित)

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) परीक्षा नियन्त्रण कार्यालयले प्रमाणपत्र तह शैक्षिक कार्यक्रमको पुनः प्रवेश परीक्षा सञ्चालन गर्ने भएको छ ।

परिषद्बाट शैक्षिक सत्र २०७९/०८० सञ्चालन हुने प्रमाणपत्र तहका पूर्ण शुल्कीय कार्यक्रमका लागि खुलाएको सिटहरु रिक्त भएपछि कार्यलयले प्रवेश परीक्षा पुनः लिने भएको हो ।

यसअघि पनि कार्यलयले साउन २१ र भदौ २२ गते प्रवेश परीक्षाको लागि आवेदन खुलाएको थियो ।

कार्यलयले डिप्लोमा इन फार्मेसी, सामान्य चिकित्सा र नर्सिङ बाहेकका स्वास्थ्य तर्फका कार्यक्रमहरुमा पूर्ण शुल्कीयतर्फ प्रवेश परीक्षा सञ्चालन गर्न सीटीईभीटीले आवेदन माग गरेको छ।

इच्छुक विद्यार्थीले कात्तिक २७ गते आईतबारभित्र आवेदन दिन सक्ने कार्यलयले जनाएको छ।

त्यस्तैगरी शैक्षिक सत्र २०७९/८० मा निःशुल्क सञ्चालन गरिने प्रि-डिप्लोमा तहको २४ महिना अवधिकको औद्योगिक प्रशिक्षार्थी तालीममा शैक्षिक कार्यक्रम तथा कोटाहरुमा पनि पुनः प्रवेश परीक्षा सञ्चालन गर्ने भएको छ।

कार्यलयले तोकिएको सिट पूरा नभएको दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजनाबाट जानकारी आएकोले पुनः प्रवेश परीक्षा सञ्चालन गर्ने तयारी गरेको जनाएको छ।

परिषद् कार्यलयबाट औद्योगिक प्रशिक्षार्थी तालीम कार्यक्रम सञ्चालन अनुमति प्राप्त आंगिक, साझेदार तथा टीइसीएस सामुदायिक विद्यालयहरुमा प्रशिक्षार्थी छनोट गरी भर्ना लिई तोकिएको कोटाभित्र आवेदन भराउन निर्देशन दिएको छ ।

हेर्नुहोस् सूचना-