आचारसंहिता उल्लंघन गरेको भन्दै आयोगले सोध्यो मुख्यमन्त्री पाण्डे र सचिवलाई स्पष्टीकरण

काठमाडौं। निर्वाचन आचारसंहिता लागू भइसकेपछि बागमती प्रदेश सरकारले‘प्रदेश हस्तकलाग्राम स्थापना तथा सञ्चालनको सम्बन्धमा व्यवस्था गर्न बनेको अध्याधेश र प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश जारी गरेको विषयमा निर्वाचन आयोगले बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे र प्रमुख सचिवलाई स्पष्टीकरण सोधेको छ ।

आयोगले पत्र प्राप्त भएको समयले २४ घण्टाभित्र निर्वाचन आयोगमा प्राप्त हुने गरी स्पष्टीकरण पेश गर्न निर्देशनसमेत दिएको छ ।