सामाजिक सुरक्षा कोषमा चार लाख लाभग्राही आबद्ध

काठमाडौं । हालसम्म १७ हजार ४८३ रोजगारदाता र तीन लाख ७३ हजार कामदार, कर्मचारी र श्रमिक योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध भएका छन् ।

नेपालमा पहिलो पटक २०५१ सालमा सामाजिक सुरक्षा भत्ता वितरणमार्फत सामाजिक सुरक्षा कार्यक्रम लागू भएयता सामाजिक सुरक्षा भत्तासहित ८५ भन्दा बढी सामाजिक सुरक्षा र संरक्षणका कार्यक्रममार्फत कुल जनसङ्ख्याको ३२ दशमलव ९ प्रतिशत जनता लाभान्वित भएको सामाजिक सुरक्षा कोषका उपनिर्देशक रोहित रेग्मीले जानकारी दिए ।

योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम २०७६ साउनदेखि सुरु भएको हो ।