जुम्लामा करेन्ट लागेर १ जनाको मृत्यु

सांकेतिक तस्वीर

काठमाडौं। तातोपानी गाउँपालिका ५ श्रीनगर गाउँमा करेन्ट लागेर एक जना मुत्यु भएको छ । सोही वडाका १९ वर्षीय राजेश रावतको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

सोलारको पोल ठड्याउदै गर्दा विजुलीको तारसँग छोइएर करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक धर्मराज जोशले जानकारी दिए । करेन्ट लागेर गम्भीर घाइते भएका रावतको उपचारका क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो।

यस्तै करेन्ट लागेर सोही वडाका २८ बर्षका शंखु चौलागाई र धनवीर रावत सामान्य घाइते भएका थिए।

घाइते धनवीर रावतको उपचारपछि डिस्चार्ज भएका र चौलागाईको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा उपचार भइरहेको छ।