निर्वाचान आयोगमा प्रदर्शन गर्ने क्रान्तिकारी माओवादी नेता हरिकृष्ण गजुरेललगायतका ६ जना पक्राउ

काठमाडौं।नेकपा (क्रान्तिकारी माओवादी)का जनवर्गीय संगठनले निर्वाचान आयोगमा प्रदर्शन गरेका छन् ।

निर्वाचन आयोगको केन्द्रीय कार्यालय कान्तिपथमा कालो झण्डा देखाएर अखिल (क्रान्तिकारी) लगायत जनवर्गीय संगठनले प्रदर्शन गरेका हुन्।

आज  दिउँसो १२ बजे आयोगमा प्रदर्शन गर्ने क्रममा पार्टीका केन्दीय सदस्य तथा  अखिल (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेल,पार्टीका केन्द्रीय सदस्य  बसन्त बाेगटी,सुनिता बुढाथाेकी,अर्जुन बाेगटी ,युवराज थापा ,मनजिल बाेगटीलगायतकालाइ पक्राउ गरिएकाे अखिल (क्रान्तिकारी) की उपाध्यक्ष शिलु न्याैपानेले जानकारी दिएकी छन्।

अहिले पक्राउ गरिएका नेता कार्यकतालाइ प्रहरी बृत्त दरबारमार्गमा राखिएकाे छ।