बाजुरामा मतदान जारी, पाँच स्थानमा स्थगित

काठमाडौं। बाजुरामा केही स्थानमा बाहेक अन्य मतदान केन्द्रमा मतदान जारी छ।बाजुराका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले पाँच ठाउँमा बाहेक जिल्लाभर मतदान शान्तिपूर्ण तरिकाले भइरहेको बताए।

केही ठाउँमा दलहरूबीचको विवाद र फर्जी मतपत्र भेटिएको भनिएपछि मतदान केही समयका लागि स्थगित गरिएको थियो।

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक इन्द्र बोगटीका अनुसार बुढीगंगा गाउँपालिका वडा नम्बर ८, बुढीनन्दा गाउँपालिका वडा नम्बर ३ र ५, स्वामिकार्तिक गाउँपालिकाको ३ र ४, त्रिवेणी गाउँपालिका ७ तथा खप्तड छेडेदह गाउँपालिकाको वडा नम्बर –१ र जगन्नाथ गाउँपालिका ४ को मतदान स्थलमा मतगणना स्थगित भएको थियो।

काडा मतदान केन्द्रमा झडप नियन्त्रणका लागि प्रहरीले हवाई फायर समेत गरेको थियो।यीमध्ये त्रिवेणी गाउँपालिकाको वडा नम्बर १, ३, ७, बुढीनन्दा नगरपालिका– ५ र बुढीगंगा नगरपालिका–८ मा मतदान सुचारू हुन बाँकी छ।

ती स्थानमा मतदान सुरू गर्न छलफल भइरहेको अधिकारीले जानकारी दिए।