माओवादी र एकीकृत समाजवादीको पार्टी एकता बारे छलफल,एसका तेस्रो वरियता नेता माओवादीसँग नजाने

काठमाडौं । चुनावी नतिजा सार्वजनिक भइरहँदा सत्तारुढ गठबन्धनमा रहेको माओवादी केन्द्र र एकीकृत समाजवादीले फेरि पार्टी एकताको सम्वाद थालेका छन्।

सोमबार मात्र दुई दलका शीर्ष नेताहरुबीच पूर्व सहमति अनुसार पार्टी एकता प्रक्रिया अघि बढाउन छलफल भएको छ।

तर माओवादीसँग पार्टी एकता गर्ने नेतृत्वको तयारीप्रति एकीकृत समाजवादीमा असन्तुष्टि देखिएको छ।

पार्टीमा तेस्रो वरियतामा रहका नेता मुकुन्द न्यौपाने, एमालेलाई बाहेक गरेर माओवादीसँग मिल्न नहुने बताउँछन्।

देशमा एउटा कम्युनिस्ट पार्टी हुनुपर्छ भन्ने आफ्नो मत रहेको भन्दै उनले भने, ‘त्यसरी (एकता) गर्ने हो भने ठिकै छ, नत्र एमालेलाई किन बाहेक गर्ने?

यदि आफूहरुको मतलाई नसुनि एकता गरे आफू चाहिँ माओवादीसँग नजाने न्यौपानेले बताएका छन्।