बाजुरामा ९ हजार १ सय मतगणना हुँदा बद्री पाण्डेको १ हजार बढी मतकाे अग्रता

काठमाडौं। बाजुरामा मतगणनाको प्रारम्भिक नतिजादेखि नै नेपाली कांग्रेसका उम्मेदवार बद्री प्रसाद पाण्डेले अग्रता कायमै राखेका
छन्।

बाजुरा प्रतिनिधि सभाको ९ हजार १ सय मतगणना हुदा काँग्रेसका बद्रिप्रसाद पाण्डेको अग्रता लिरहेका छन्।

नेपाली काँग्रेसका बद्रि प्रसाद पाण्डेको ५ हजार १ सय ६ मत पाएका छन् । भने एमाले उम्मेदवार कर्ण बहादुर थापाले ३ हजार ९ सय ९४ मत पाएका छन्। नेपाली काँग्रेसका सहमाहमन्त्री बद्री प्रसाद पाण्डेले १ हजार १ सय १२ मतले अग्रता लिएका छन् ।     

 त्यस्तै  बाजुरा प्रदेश ( क ) निर्वाचन क्षेत्रबाट नरेश कुमार शाहीले २ हजार ९७ मतसहित अग्रता कायमै राखेका छन् ।  भने एमालेका बल्देव रेग्मीले ९ सय ६२ मत ल्याउदै पछ्याउँदै छन् ।  माओवादी केन्द्रका कर्णबहादुर विक केशवले २सय ४७ मत ल्याएका छन् । 

मतगणना हिजो (बिहीबार) बाट शुरु भएको थियो।