बाजुरामा काँग्रेसका बद्री पाण्डे भारी मतले निर्वाचित

  काठमाडौं । बाजुराबाट प्रतिनिधि सभा सदस्यमा नेपाली काँग्रेसका सहमहामन्त्री बद्री प्रसाद पाण्डे  निर्वाचित भएका छन्।

उनी आज बिहान ३१ हजार ७८६ मत सहित निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कर्णबहादुर थापाले २६ हजार ३४९ मत पाएका छन्  ।पाण्डेले  ५४४१ मतान्तरकासाथ थापालाई पछिपार्दै निर्वाचित भएका हुन। 

राप्रपाका उम्मेदवार जंग कुमार गिरीले २०७ र स्वतन्त्र उम्मेदवार टेकबहादुर बडुवालले ११४ मत प्राप्त गरेका छन् ।

प्रदेश सभातर्फ क्षेत्र नं १ (१) बाट एकीकृत समाजवादीका नरेशबहादुर शाही र प्रदेश सभा २ बाट नेपाली कांग्रेसका पदमबहादुर शाही निर्वाचित भएका छन् ।