विप्लव नेकपाले गर्याे नेता कार्यकर्तामाथि लगाईका मुद्दा खारेज गर्न सरकारसँग माग

काठमाडौं। विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आफ्ना पार्टीका नेता, कार्यकर्तामाथि लगाइएको मुद्दा खारेज गरी तत्काल जेलबाट रिहाई गर्न सरकारलाई दवाव दिएको छ।

मंगलबार सिंहदरबारमा गृहमन्त्री बालकृष्ण खाँणसँग भेटगरी नेकपाका प्रवक्ता खडग्बहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले यस्तो दवाव दिएका हुन्।

मुलुक निर्वाचनको परिणामसँगै नयाँ सरकार गठनको चरणमा प्रवेश गरिरहेका बेला नेकपाले भने यहीँ सरकारले आफूहरुको माग सम्बोधन गर्नुपर्ने जिकीर गरेको छ।

वर्तमान सरकारले कानुनी जटिलता पनि हल गरेर नेकपाका नेता, कार्यकर्तामाथि लगाइएको मुद्दा खारेज गर्ने र जेलबाट रिहाई गर्ने निर्णय मन्त्रिपरिषद्बाट गरिसकेकाले त्यसलाई छिटो कार्यान्वयन गर्न सरकारलाई दवाव दिइएको नेकपाका प्रवक्ता प्रकाण्डले बताए।यता, गृहमन्त्री खाँणले पनि सो समस्या समाधान गर्न सरकार इमान्दार र प्रतिवद्ध रहेको बताएका थिए। गृहमन्त्रीसँगको भेटपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै नेकपाका प्रवक्ता प्रकाण्डले भने, ‘सरकार र हामीबीच भएको सहमतीलाई छिटोभन्दा छिटो रिजल्टमा उर्तानुस् र हामीलाई रिजल्ट दिनुस्, जनतालाई रिजल्ट दिनुस् भनेर हामीले आज भनेका छौं।’

सरकारले पनि हामी यसप्रति इमान्दार र प्रतिवद्ध रहेकाले यसलाई पूरा गर्ने सन्दर्भमा फेरि पनि हामी लाग्छौं। र, लागिरहेका छौं भन्ने जवाफ रहेको उनले बताए।

‘उहाँहरुको अहिले यो विषयमा पनि थुप्रै एक्सरसाईजहरु चलिराखेका छन्। त्यसैको अभिव्यक्ति पनि होला। वार्ता सकारात्मक छ। तर, अहिले हामीले फोकस गरेको भनेको परिणाम हो। त्यो हेर्नुपर्छ’, उाले भने, ‘छिटो सरकारले यो परिणाम सार्वजनिक गरोस् भन्ने हाम्रो चाहना छ। पछिल्लो सहमती भईसकेपछि त्यो क्याविनेटले डिसिजन पनि गरिसकेको छ।

केपी ओली नेतृत्वको अघिल्लो सरकारसँग तीन बूँदे सहमती गरि नेकपा शान्ति प्रक्रियामा आएको थियो । तर सो सहमती अझै कार्यान्वयनमा नआएको भन्दै सो पार्टीले असन्तुष्टि जनाउँदै आएको छ ।