तीन जना उपप्रधानमन्त्रीले लिए शपथ

बकाठमाडौं।नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा तीन जना उपप्रधानमन्त्री नियुक्त भएका छन् ।

उपप्रधानमन्त्रीका रुपमा एमालेका नेता विष्णु पौडेल, नेपाल राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ नियुक्त भएका छन् । प्रधानमन्त्री प्रचण्डले सपथ लिएलगत्तै तीनै जना उपप्रधानमन्त्रीले शपथ लिएका थिए ।