गृहमन्त्री रवि लामिछानेद्वारा राहदानी विभागको अनुगमन

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने राहदानी विभागको निरीक्षण गर्नुभएको छ ।

बुधबार दिउँसो त्रिपुरेश्वरस्थित राहदानी विभाग पुगेर गृहमन्त्री लामिछानेले त्यहाँको अवस्थाबारे जानकारी लिएको उहाँको सचिवालयले जनाएको छ ।

सोमबार मन्त्री पदको शपथ लिनुभएका लामिछानेले मंगलबार राहदानी विभागका अधिकारीहरुलाई बोलाएर त्यहाँको समस्याबारे जानकारी लिनुभएको थियो ।

विभागमा सेवाग्राहीको अत्यधिक भीड हुने गरेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा गठन भएको सरकारको पहिलो बैठकले राहदानी र लाइन्सेन्स वितरणको समस्या हल गर्ने निर्णय गरेको थियो ।