कांग्रेसको अफरले राजनीतिमा नयाँ तरङ्ग: प्रचण्डलाइ विश्वको मत पाउन मुस्किल,यस्तो छ सम्भावना

काठमाडौं। नेपाली कांग्रेसले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार ढाल्न लागि परेको छ ।

प्रधानमन्त्री बनाउने भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीलाई अफर समेत गरेको छ । देउवाले आफ्ना विश्वासपात्रमार्फत पठाएको अफरमा राप्रपाले आधिकारिक रूपमा कुनै जवाफ दिएको छैन ।

कांग्रेसले गरेको यो अफरले राजनीतिमा नयाँ तरङ्ग ल्याएको छ । आफूलाई आएको अफरबारे राप्रपा केही बोलेको छैन ।

राप्रपाका नेताहरूले भने सरकार बनेको यति छिट्टै आफूहरू अविश्वसनीय खेलमा नलाग्ने बताउन थालेका छन् । नेताहरूले राप्रपा हालको सत्ता गठबन्धनमै रहने बताएका छन् ।

राप्रपाका महामन्त्री धवल शमशेर राणाले अहिलेको गठबन्धन छोड्न नहुने बताएका छन् । उनले कांग्रेसले दिएको अफर अस्विकार गर्ने बताउँदै नयाँ सरकार बनेको छोटो समयमै अपरिपक्वता र अविश्वसनीय काम आफूहरूले नगर्ने बताएका छन्।

अर्कातिर यो अफरले राप्रपामा पनि दुई धार देखिएको छ । केही नेताहरू यसले पार्टीलाई फाइदा हुने भन्दै सोचेर जवाफ दिने बताइरहेका छन् ।

सोच्नुपर्ने आवाज उठेपनि हालको गठबन्धन छोड्न नहुने भन्नेहरूको बहुमत छ ।एक नेताले राप्रपा राजनीतिक स्थिरताको पक्षमा रहेकाले पनि बलियो सरकार बनाउने र टिकाउने योजनामा रहेको बताएका छन् ।

तर प्रचण्ड नेतृत्वको सरकारमा जानेबारे राप्रपामा विमति भने देखिएको छ । विभिन्न माग राखेर लगातार संवादमा रहेको राप्रापालाई यो समयमा आएको अफरले भने नेताहरूलाई सोच्न बाध्य पारेको छ ।

कांग्रेसले प्रधानमन्त्रीसहित चार वटा मन्त्री र बागमती प्रदेशको मुख्यमन्त्री राप्रपालाई दिन सिने प्रस्ताव गरेको बताइएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २६ पुसमा विश्वासको मत लिने तयारी गरेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सरकार ढाल्ने खेलमा लागेको हो ।

कांग्रेस सभापति शेरबहादुर देउवाले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई प्रधानमन्त्री अफर गर्दै नयाँ गठबन्धनको प्रस्ताव राखेपछि नया चहलपहल सोरू बएको छ ।

यसअघि देउवाले जसपा अध्यक्ष उपेन्द्र यादवलाई पनि भेटेका थिए । राप्रपाले साथ दिए एमाले, माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्रबाहेकका दलहरू समेटेर बहुमत पुर्‍याउने कसरतमा देउवा छन् ।