तराईमा हुस्सु-कुहिरो र शितलहरले जनजीवन प्रभावित

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ।

आइतबार बिहान देशका पहाडी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

साथै पश्चिम र मध्य तराईका केही भूभागहरूमा भने हुस्सु-कुहिरो र शितलहर लागिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आइतबार दिउँसो भने प्रदेश-१, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा भने आंशिक बदली हुनेछ ।

त्यस्तै, बाँकी भूभागहरूमा भने मौसम सामान्यतया सफा रहनेछ। त्यस्तै, बिहानीपख तराईका अधिकांश भूभागहरूमा हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको छ।

आइतबार राति भने सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली हुने भएको छ ।

त्यस्तै, बाँकी भूभागहरूको मौसम सामान्यतया सफा हुने महाशाखाले जनाएको छ ।