रवि लामिछानेले मालिकलाई मन्त्री बनाउँदा सर्वत्र आलोचना

काठमाडौं । वर्तमान सरकारमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बनाइएका डोलप्रसाद अर्यालका कारण राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सर्वाधिक आलोचित बनेका छन् ।

मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा खस आर्य तर्फको क्लष्टरम राखेर अर्याललाई समानुपातिक सांसद बनाउनेदेखि सरकारमा समेत संवेदनशिल र स्वार्थ बाझिने मन्त्रालयको बागडोर सुम्पिएपछि पार्टी सभापति लामिछानेको आलोचना भएको हो ।

असार ७ गते पार्टीको घोषणा गर्दाताका नै दैशका कुनै पनि दलका नेता तथा सांसद र अहिलेसम्मका मन्त्री तथा प्रधानमन्त्री कोही पनि काम नलाग्ने भएपछि र देश नै बर्वाद हुनेदेखेपछि आफूले सञ्चारकर्म छोडेर वाध्य भएर दल खोलेर राजनीतिमा आएको बताएका लामिछानेले त्यस्ता कुराहरु बारम्बार दोहोर्‍याएका थिए ।

अनपढ, अनुभवबिहीन र नातागोता तथा स्वार्थ समूहका मान्छेहरुले देशका महत्वपूर्ण निकायको नेतृत्व गरेका कारण देश बदनाम भएको र आम जनताले दुख पाएको उनको भनाइ रहने गरेको थियो।

अब जान्नेलाई छान्ने भन्दै उनले आफूले एक खराबलाई रोक्ने र अरु खराबलाई रोक्न सबै क्षेत्रमा जान्नेहरु जाग्नु पर्ने उद्घोष उनको थियो ।

सामाजिक सञ्जाल प्रयोगकर्ताहरुको मन जितेर क्रेज बनाएका उनको उद्घोष सुनेपछि सामाजिक सञ्जालमा लामिछानेको देवत्व नै गरिएको थियो ।

२०७४ सालको आम निर्वाचनको मुखैमा हृदयघातका कारण आफ्नो छोरा प्रकाशाको मृत्युमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड रोएको देख्दा उक्त मृत्युको कामना गरेका लामिछाने नेतृत्वको पार्टी यसपटक सरकारमा हभागी हुँदैन भन्ने मत बलियो थियो ।

तर, पुस १० गते एकाएक ती नै मृत्युको कामना गरेका प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गर्न लागेको खबर बाहिरियो ।

प्रचण्ड नेतृत्वको सरकारमा लामिछाने उपप्रधानसहित गृहमन्त्री बने।

पुस २५ गते बसेको प्रतिनिधिसभाको पहिलो बैठकमा लामिछानेले आफू र आफुनो पार्टीप्रति आम जनताको छुट्टै आसा र भरोसा रहेकोले आफ्नो पर्टीका कोही कसैबाट पनि गल्ती नहुने मात्र होइन, सरुवा बढुवा वा नराम्रा मान्छेलाई गर्न लागिएको कारवाही रोक्न दबाब नदिनसमेत भन्न भ्याए ।

एकथरीले अझै पनि अब देशको कायापलट हुन्छ भन्न छोडेका छैनन् ।

यद्यपी, लामिछाने पनि परम्पागत राजनीतिक दलहरुको शैलीबाट एक इन्च पनि तलमाथि देखिएका छैनन् ।

उनी टेलिभिजन कार्यक्रम प्रस्तोता रहेका बेला उपप्रधानमन्त्री पदको कुनै उपयोगिता नभएको भन्दै सर्वाधिक आलोचना गर्ने गरेकोमा अहिले उनै लामिछाने मन्त्रिपरिषदको चौथो वरियतामा तेश्रो उपप्रधानमन्त्री छन् ।

स्वार्थ र अनियमितता जस्ता शब्दको दोहोलो काढ्ने उनी आफैं स्वार्थी समूहको चंगुलमा परेका छन् ।

लामिछानेले हाल श्रममन्त्री बनाएका अर्याल कुनै समय लामिछानेलाई तलब दिने मालिक रहेकोसमेत खुलेको छ ।

चर्को रकम असुलेर नेपाली कामदार जापान लगायतका देशमा पठाउने गरेका मेनपावर एजेन्ट अर्यालको सञ्चालनमा रहेको इजीलिंक रेमिट्यान्सका लामिछाने ब्राण्ड एम्बास्टर रहेका छन् ।

त्यतिबेला लामिछानेलाई अर्यालले मसिक तलब सुविधा दिने गरेका थिए ।

त्यसैको गुण तिर्न लामिछानेले अर्याललाई मन्त्री बनाएको चर्चा यतिबेला चलेको छ ।

आफू र आफ्नो पार्टीमा संलग्नहरुको बारेमा नकारात्मक टिप्पणी आए कुर्सीमा टाँसिएर एकैछिन पनि नबस्ने उद्घोष गरेका लामिछाने सामाजिक सञ्जालमा ब्यापक विरोध हुँदा भने चुपचाप छन् ।