संसद भवनअघि आफैंलाई आगो लगाएका प्रेमप्रसाद आचार्यको निधन

काठमाडौँ । संसद भवनअघि आफैंलाई आगो लगाएका प्रेमप्रसाद आचार्यको निधन भएको छ ।

संघीय संसद भवनअगाडी आफैंलाई आगो लगाएका आचार्यको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

आचार्यको आज बिहान ५ बजे निधन भएको अस्पताल स्रोतले बताएको छ ।

इलामको सूर्योदय नगरपालिका निवासी ३७ वर्षीय आचार्यले हिजो मंगलबार दिउँसो नयाँ बानेश्वरको मूल सडकमा शरीरमा पेट्रोल खन्याएर आत्मदाह गर्ने प्रयास गरेका थिए ।

प्रहरीले आचार्यको तत्कालै उद्धार गरी कीर्तिपुरस्थित बर्न अस्पताल लगेको थियो ।

उनको शरीर ८० प्रतिशत जलेकोले अवस्था नाजुक भएको थियो ।

आचार्यलाई हिजो मंगलबार साँझ स्वास्थ्य राज्यमन्त्री डा। तोसिमा कार्की पनि अस्पताल पुगेर भेटेकी थिइन् ।

आचार्यले प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री रवि लामिछानेलाई समेत भेट्ने इच्छा राखेका थिए ।