कञ्चनपुरबाट लागूऔषधसहित एक जना पक्राउ

सांकेतिक तस्वीर

काठमाडौं । कञ्चनपुरबाट लागूऔषधसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

जिल्लाको बेलौरी बजादेखि हात्तीबोझ जाँदै गरेको मोटरसाइकलमा सवार २१ वर्षीय आकाश बोहरा लागूऔषधसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

बेलौरी नगरपालिका–६ का बोहराको से ७ प १४३९ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा शून्य दशमलव १५ मिलिग्राम अवैध लागूऔषध खैरो हिरोइन फेला परेपछि प्रहरीले मोटरसाइकलसहित बोहरालाई नियन्त्रणमा लिएको हो ।

बोहरालाई इकाका प्रहरी कार्यालय बेलौरीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मंगलबार दिउँसो सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको संयुक्त प्रहरी टोलीले मोटरसाकलसहित बोहरालाई नियन्त्रणमा लिएको थियो ।