नागरिक उन्मुक्ति पार्टीले छोड्यो सरकार

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले संघ र प्रदेशका कुनै पनि सरकार चल्न नदिने निर्णय गरेको छ ।

आप्नो पार्टीका मागहरु सम्बोधन नभएको भन्दै उक्त पार्टीले संघ र प्रदेशका संसद बैठक अवरोध गर्ने निर्णय गरेको हो ।

टीकापुर घटनाका राजवन्दी जबसम्म रिहा हुँदैनन्, जबसम्म आफ्ना मागमुद्दा सम्बोधन हुँदैनन् तबसम्म संसद चल्न नदिने यस पार्टीको निर्णय रहेको छ ।

त्यसैगरी, यस पार्टीले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन पनि फिर्ता गर्ने र सरकारबाट समेत बाहिरिने निर्णय गरेको छ ।