६५ किलो सुन तस्करीका अभियुक्त फरार,सम्बन्धित निकायको अझै पुगेन ध्यान ?

फाेटाे- जनरक्षा डटकमबाट 

काठमाडौं।६५ किलो सुन तस्करी बारे समाचार प्रकाशित हुँदा पनि नेपाल प्रहरी अहिलेसम्म किन मौन रहेको छ। यो हेर्दा प्रहरीको पनि मिलेमोतो रहेको स्पष्ट देखिन्छ।

सुन तस्करी बारे विभिन्न न्यूज पोर्टलहरूमा समाचार प्रकाशित भएका थिए तर सम्बन्धित निकायले अहिलेसम्म चासो नदेखाउनु सहस्यमय देखिएको छ।

६५ केजी सुनको मूल्य कति होला ? तपाइहरू आफै अनुमान लगाउनु होस्?  एक तोला सुनको मूल्य १ लाख ६ हजार भन्दाबढी छ भने एक किलो सुनमा ८६ तोला हुन्छ। यस्तो कारोडौं मूल्य पर्ने सुन तस्करी बारे समाचार प्रकाशित हुँदासमेत प्रहरीले चासो नदेखाउनु दुखद विषय हो।

समाचार लेख्ने केही पत्रकार र प्रहरीले तस्करसँग मिलेमोतो गरेर मोटो रकम असुली गरेको गन्ध समेत आउन थालीसकेको छ। पहिले समाचार लेख्ने अनि मोटो रकम असुली गरिसकेपछि तस्करहरूलाइ खुशी पार्ने बाहानामा खण्डन छाप्ने समेत लहड् चलेको देखिन्छ।

केही दिन अगाडी मात्र विभिन्न सञ्चारमाध्यामहरूमा सुन तस्करी बारे समाचार प्रकाशित भएका थिए भने जनरक्षा डट कमका प्रधान सम्पादक तथा संञ्चालक रामशरण काफ्लेलाइ समाचार लेखेकै भरमा घरपरिवारलाइ समेत सखाप पारि दिने भन्दै पेम्बा शेर्पा भन्ने व्यक्तिले ९८४२५३४०८४ नम्बरबाट लगातार १६ मिनेट भन्दाबढी समयसम्म धम्की दिएकाे काफ्ले जानकारी दिएका छन्।  

यसरी दिनदहाडै ज्यानै मार्ने धम्की दिने यस्ता गुण्डा तथा तस्करका मतियारलाई कारबाहीको दायरामा ल्याउन सबै सम्बन्धित निकायलाइ ध्यान दिन उनले आग्रह समेत गरेका छन्।  

सो समाचार चित्त नबुझे नियमन गर्ने निकाय प्रेस काउन्सिल नेपाल र कानुनी बाटो खुल्ला हुँदा हुँदै पत्रकारलाइ धम्की दिनु प्रेस स्वतन्त्रामाथिको ठाडो हस्तक्षेप गरिनुले कानुनी राज्यको उपहास गरिएकाे छ।   

 यस्तो छ जनरक्षा डटकमले प्रकाशित गरेको समाचार  

तेत्तीस किलो सुनकाण्डलाई माथ गर्ने गरी ६५ किलो सुन तस्करी, तस्कर फरार

काठमाडौं । खिचडी सरकारको फाइदा उठाउँदै पछिल्लो समय नेपालमा सुन तस्करीहरुको सञ्जाल फैलिँदै गएको छ ।

राज्यको तल्लो तहदेखि माथिल्लो तहसम्ममा सुन तस्करीमा लाग्न थालेको तथ्य फेला परेको छ । सामान्य व्यापारिदेखि माथिल्लो पदका सुरक्षाकर्मीहरुको मिलोमतोमा समेत सुन तस्करी हुने गरेको छ । हालसालै एउटा समूहले करोडौ मुल्य बराबरको सुन गायव गरी फरार रहेको स्रोतले दाबी गरेको छ ।

स्रोतका अनुसार सिन्धुपाल्चोकको भोटकोशी गाउँपालिकाका ४ जना र दोलाखको विगु गाउँपालिकाका १ जना करोडौं मुल्यको सुनसँगै फरार भएको विशेष स्रोतले जनाएको छ ।

स्रोतका अनुसार रसुवा नाकाबाट अबैध रुपमा एक पटक भित्रिएको ६५ किलो र पटक–पटक भित्रएको गरी अर्बौं रुपैयाँको सुनसहित दावा शेर्पा, मिङमार शेर्पा (धाप्से), पेम्बा शेर्पा, फूङिमा शेर्पा र सुब्बा लामा फरार भएको स्रोतले दाबी गरेको छ ।

सुन गाएव भएको हल्ला चलेसँगै इलाका प्रहरी कार्यलय बाह्रविसे सिन्धुपाल्चोकका प्रहरीले आरोपीहरुको खोजी कार्य तिब्र पारिरहेको पनि दाबी स्रोतले गरेको छ । प्रहरीद्वारा खोजी कार्य सुरु भएको चाल पाएपछि सुन तस्करीमा संलग्नहरु फरार भएको स्रोतले जनाएको छ ।

स्थानियका भनाई अनुसार अहिले उनिहरु भारतमा लुकेर बसेका छन् । रसुवा नाकाबाट एक पटक ६५ किलो र अन्य विभिन्न समयमा पटक—पटक गरी अरबौं रुपैयाँको सुन अबैध रुपमा भित्रिएको स्रोतको दाबी छ ।

फरार रहेका आरोपीहरु सुन ओसार पसार गर्ने व्यक्तिहरु भएको खुलेको छ । सुन लुटियो भनेर हल्ला फैलाएर उनिहरु बेपत्ता भएको स्रोतको दाबी छ । अहिले सिन्धुपाल्चोकको भोटेकोशी गाउँ पालिकामा सुनको विषयले ब्यापक चर्चा पाइरहेको छ ।

त्यो सुन कसको हो रु कता तस्करी भइरहेको थियो भन्ने रहस्य गर्भमै रहेको छ । तर तस्करी प्रकरणमा मुछिएका आरोपीहरु भने फरार छन् ।

पछिल्लो समयमा छिमेकी मुलुक चिनको नाका रसुवा र तातोपानी हुँदै सुन तस्करी ब्यापाक रुपमा मौलाएको स्रोतले जनाएको छ । कतिपय यस्ता घटनामा सुन तस्करी भयो भनेर हल्ला हुने र सुन फेला नपर्ने समेत देखिएको छ ।

पाँच वर्ष अघि चर्चित ३३ किलो सुनका विषयमा थुप्रै व्यक्तिहरु मुछिएका थिए । कोहीलाई मारिएको थियो भने कोही अहिलेसम्म जेलमा छन् भने कोही छुटिसकेका छन् । तर सो सुन कहाँ र कुन अवस्था छ भन्ने अलिहेसम्म पत्तो छैन ।

ठीक यसैगरी यसपटक पनि करोडौं मुल्य बराबरको सुन बेपत्ता पारिएको स्रोतको दाबी छ । जानकारहरूका अनुसार एक महिना यता चिनियाँ सुन नेपालको उत्तरी नाकाबाट अवैध रूपमा प्रशस्त भित्र्याउँदै आइरहेको स्रोतले दाबी गरेको छ ।

उक्त सुन भारततर्फ अवैध मार्गबाटै गइरहेको पनि स्रोतले दाबी गरेको छ । नेपालमा भन्दा भारतमा सुनको मूल्य महँगो भएकाले र चिनियाँ सुन अझ सस्तो परेकाले यसको अनधिकृत कारोबार फस्टाएको हो।

नेपालमा सस्तो चिनियाँ सुन अनधिकृत रूपमा प्रशस्त भित्रिएकाले यहाँका बैंकबाट व्यवसायीले सुन उठाएका छैनन्। व्यवसायीले गत पौष महिनाबाटै सुन उठाउन छाडेका हुन् उनीहरुले औपचारिक आग्रह गरेर सुन आयात नगर्न बैंकलाई आग्रह समेत गरेका छन्।

माघ लागि सक्दा पनि बैंकबाट सुन उठेको छैन । स्रोतका अनुसार तस्करीको बाटोबाट एक किलो सुन भारत छिराउँदा ११।३ प्रतिशत कर सोझै बचत हुन्छ।

किलोमा ४ लाखसम्म फाइदा निस्कने भएपछि यसमा संगठित गिरोह नै सक्रिय भएका हुन् पछिल्लो समय हल्ला फैलिएको सुन कहाँ गयो रु कसको हो संकास्पद व्यक्ति किन फरार भए भन्ने विषयमा शुक्ष्म अनुसन्धान भइरहेको प्रहरीको भनाई छ।