चिकित्सकलाई कुटपिट गरेको विरोधमा चक्काजाम

सांकेतिक तस्वीर

काठमाडौं । राष्ट्रपति सवारीका बेला सडकमा हिँडेको भन्दै चिकित्सकमाथि कुटपिट भएको छ ।

राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सक डा.जनित सिंहलाई प्रहरीले कुटपिट गरेको हो ।

शुक्रबार अपराह्न राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका बेला डिउटीमा आइरहेका डा सिंहलाई वीर र ट्रमाको बीचमा प्रहरीले कुटपिट गरेको हो ।

ट्रमा सेन्टरका शाखा अधिकृत नवराज गौतमका टाउकोमा टुटुल्को उठ्ने गरी नै प्रहरीले डा सिंहलाई कुटपिट गरेका छन् ।

‘दुवै अस्पतालको चिकित्सकहरु जम्मा भएका छन्। विरोध चलिरहेको छ । प्रहरीहरु आएर छलफल गरिरहेका छन्,’ उहाँले भन्नुभयो ।

विरोधको क्रममा चिकित्सक तथा कर्मचारीहरूले आधा घण्टासम्म सडकमा चक्काजाम समेत गरेको उहाँले बताउनु भयो ।

संघीय संसद्को संयुक्त सदनलाई सम्बोधन गरेर राष्ट्रपति भण्डारी फर्कने क्रममा वीर अस्पताल बाहिर हिँडिरहेका चिकित्सक सिंहलाई त्यहाँ सुरक्षामा खटिएका प्रहरीले लाठीचार्ज गरेका थिए ।