डिलाइट बहुउद्देश्यीय सहकारी संस्थाको मिटरब्याजी धन्दाको पर्दाफाश, कचौरा लिएर माग्दै हिंडेका ऋणीलाई ऋण मिनाहा गर्ने घोषणा

काठमाडौं । वितिय तरलताका कारण सहकारीहरु संकटमा परिरहेको अवस्थामा केही सहकारी भने बिना धितो खुल्लम खुल्ला मिटरब्याजमा लगानी गरी मालामाल बन्दै आइरहेका छन्।

ललितपुरमा रहेकाे डिलाइट बहुउद्देश्यीय सहकारीका संञ्चालकहरुको बारेमा समाचार प्रकाशित भएपछि निदहराम भएकाे छ। केही दिन अगाडी मात्र समाचार प्रकाशित गर्ने संञ्चार माध्यामका प्रतिनिधिहरुलाई नै आक्रमण गर्ने गरि धम्की दिएकाे जानकारी आएकाे छ।  

काठमाडौंंको इन्द्रचोकमा रहेको जनविकास वचत तथा ऋण सहकारी संस्था र ललितपुरको जावलखेलमा रहेको डिलाइट बहुउद्देश्यीय सहकारी संस्था लि.बीच गत वर्ष मर्ज भई डिलाइट बहुउद्देश्यीय सहकारी संस्थाका रूपमा स्थापना भएको थियो ।

जावलाखेल केन्द्रीय कार्यालय रहेको डिलाइट बहुउद्देश्यीय सहकारी संस्थाले बिना धितो २४ प्रतिशतको दरले मिटरब्याजमा दुईवटा ऋण प्रवाह गरेको पाइएको छ।

सो सहकारीको इन्द्रचोक ब्रान्च प्रमुख सविता श्रेष्ठले मिटरब्याजीका हिसावले बिना धितो ऋण लगानी गरेको उनी स्यंमले बताएकी छिन ।

सो विषयमा समाचार प्रकाशित भएपछि हिजो बिहीबार डिलाइट सहकारीको संचालक समूहले पत्रकारहरूलाई अपरिचित नम्बर बाट फोन गरि विज्ञापनको विषयमा कुरा गर्नु छ भनी बोलाएर डिलाइट बहुउद्देश्यीय सहकारीका सञ्चालक तथा उक्त सहकारीका भाडाका व्यक्तिहरुले घेराबन्दी मापार्दै अपशब्द समेत बाेलेकाे पाइएकाे छ।  

उनिहरुले एकै स्वरमा २४ प्रतिशतमा ऋण दियौं के फरक पर्यो प्रहरी ,सिडियो र मसलदार केटाहरु हाम्रा छन् कस्ले के गर्छ तिमिहरु जस्ता पत्रकारलाई ठेगाना लगाउन हामीले जानेका छौ भन्दै धम्की दिएकाे जनाइएकाे छ।   

डिलाइट बहुउद्देश्यीय सहकारीको आफू लाई संञ्चालक भनेर ध्वास दिने आशिष तामाङले भने ऋणि कचौरा लिएर माग्न हिंडे ऋण छुट दिन हाम्रो संस्था तयार छ नत्र किड्नी बेचेर भएपनि २४ प्रतिशतकै दरले ऋण तिर्नु पर्छ उनले भने।

काठमाडौंको असन निवासी श्रेष्ठ थरका ऋणिलाई सुरुमा १६ प्रतिशतको दरले ऋण दिएपनि पछि २४ प्रतिशतको दरले हिसाब गरी सहकारीले स्टेटमेन्ट दिएपछि डिलाइट बहुउद्देश्यीय सहकारीको मिटर व्याजी धन्दा बारे छताछुल्ल भएको हो।

श्रेष्ठ भन्छन् ‘सहकारीका इन्द्रचोक शाखा प्रमुख सविता श्रेष्ठले मलाई सुरुमा १६ प्रतिशतका दरले तमसुक गराएकी थिइन् पछि ऋण तिर्न जाँदा २४ प्रतिशतले हिसाब गरी सम्पुर्ण ऋण एकमुष्ट तिर्न धम्की दिइन्, अब म प्रशासनमा उजुरी हाल्ने तयारी गर्दै छु उनले भने ।

डिलाइट बहुउद्देश्यीय सहकारीको यी ऋणी त प्रतिनिधि पात्र मात्रै हुन्, यस्ता सयौं ऋणिलाई मिटर व्याजमा ऋण लगानी गरी देशमा परेको आर्थिक संकटको फाइदा उठाउँदै व्याजको स्याज, स्याजको पनि स्याज असुली गरी ऋणीलाई घर न घाटको बनाएको पाइएकाे छ।  

हाम्रा प्रतिनिधि संग रिस पोख्दै डिलाइट सहकारीका इन्द्रचौक ब्रान्चको ब्रान्च मेनेजर सबिता श्रेष्ठले बारम्बार छत्र बहादुर भन्ने व्यक्ति हाम्रो ऋणि हो त्यसलाई ठिकपार्छु भनिन अब सोचनिय विषय के छ भने छत्र बहादुर भन्ने डिलाइट बहुउद्देश्यीय सहकारी संस्थाको ऋणिको जिउ ज्यान को जिम्मा कसले लिने ?

यसरी मिटर व्याजमा लगाएको ऋण उठाउनको लागि गुण्डाहरु प्रयोग गरी ऋण असुली गर्दै आइरहेको पनि स्रोतले जनाएको छ ।

श्रेष्ठले मिटरव्याजमा ऋण लगानी गर्दा एक महिनाको भाका दिई तमसुक बनाउने र ऋणीले एक महिनाभित्र ऋण तिर्न नसकेको खण्डमा ऋण नविकरण गर्ने क्रममा हर्जना, जरिवाना, व्याज सबै जोडेर फेरि साँवामा परिणत गरी २४ प्रतिशत नै लिने गरेको पीडितले बताएका छन् ।

यस विषयमा संकटग्रस्त सहकारीका सूचना अधिकृत केशव पौडेलसँग बुझ्दा सहकारीले १६ देखि १७ प्रतिशतसम्म मात्र व्याज असुल गर्न पाउने त्यहाँ भन्दा बढी लिन नपाउने र लिएको पाइए र ऋणीले उजुरी हाले कारबाहीमा पर्ने जानकारी गराए ।

यसैगरी, काठमाडौं जिल्ला प्रशासन प्रमुख घनश्याम उपाध्यायसँग बुझ्दा यो विषय हेर्ने चाहिँ सहकारी डिभिजन हो, तर ऋणिले प्रहरीमा उजुरी गरे कारबाही अगाडि बढाइने बताए ।

संकटमा पर्दै डिलाइट बहुउद्देश्यीय सहकारी संस्था

ऋणीहरुसँग गुण्डादेखि लिएर प्रशासनलाई समेत प्रयोग गरी ऋण उठाउँदै आएको डिलाइट बहुउद्देश्यीय सहकारी संस्थाले भने बचतकर्ताहरुको आवश्यकता अनुसार रकम फिर्ता गर्न नसकेको बचतकर्ताहरुले बताएका छन् ।

ऋणीहरुसँग जबरजस्ती मिटरब्याजीमा उठाएको रकम फेरि मिटरब्याजमा लगानी गरेका कारण धेरै रकम फसेका कारणले पनि डिलाइट बहुउद्देश्यीय सहकारी संस्था यतिबेला संकटमा परेका छ । यस सहकारीको मिटर व्याजि धन्दालाइ लिएर सिआइवि प्रहरी प्रमुखले पनि चासो देखाएको बताइन्छ ।