बाजुरामा भूकम्पको धक्का

काठमाडौं । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस भएको छ।

बुधबार दिउँसो १ बजेर ४५ मिनेटमा बाजुराको विछ्या आसपास केन्द्रबिन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ।

अहिलेसम्म भूकम्पबाट कुनै क्षति भएको जानकारी आएको छैन।

यसअघि माघ १० गते बाजुरामै केन्द्रबिन्दु भएर गएको ५.९ म्याग्निच्युडको भूकम्पमा परेर एक जनाको ज्यान गएको थियो।

त्यसपछि पनि माघ १२ गते पनि बाजुरामा केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो।