चिनियाँ राजदूतको दबाबपछि: नेकपा ब्युँताएर माधव नेपाललाई राष्ट्रपति बनाउने ओली र प्रचण्डको तयारी

काठमाडौं। प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग नेकपा ब्युँत्याएर जान सकिने बताएका छन् । सिंहदरबारमा दुई नेताहरूबीच भएको छलफलमा प्रचण्डले उक्त प्रस्ताव गरेका हुन् ।

स्रोतका अनुसार प्रधामन्त्री प्रचण्डले ‘नेकपा ब्युँत्याएर जाऔँ, तपाईं राष्ट्रपति हुनुहोस्, म प्रधानमन्त्री छँदैछु, पछि केपीजी प्रधानमन्त्री हुनुहुन्छ,भनेका थिए ।

प्रचण्डको उक्त प्रस्तावको विषयमा माधव नेपाल पनि सकरात्मक रहेको बताए थिए। उक्त सन्देश नेपालले एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलमार्फत एमाले अध्यक्ष केपी शर्मा ओलीसम्म पुर्‍याइसकेका छन् ।

पुरानो चुनावी पाँच दलीय गठबन्धन ब्युँत्याउने कुरा कांग्रेसको चाहना रहेको नेताहरूको भनाइ छ । त्यसबारे औपचारिक सहमतिमा भने उनीहरू पुगेका छैनन् । त्यहीबीचमा नेकपा ब्युँत्याउने कुरा छलफलमा आएको हो ।

सिंहदरबारमा भएको छलफलमा प्रचण्डले ओलीको विषयमा नकरात्मक कुरा नगरेको पनि स्रोतको भनाइ छ । राष्ट्रपतिको विषयमा छलफल गर्न एमालेको सचिवालय बैठक भोलि बस्दैछ ।

एसका अध्यक्ष नेपालले राष्ट्रपतिका विषयमा दलहरूसँग छलफल जारी रहेको बताएका छन् । सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डसँगको भेटपछि उनले पुरानो गठबन्धन बिउँताउने तयारीबारे पत्रकारको जिज्ञासामा विभिन्न विकल्पमाथि छलफल भइरहेको बताए ।

‘विभिन्न विकल्पमाथि छलफल जारी छ । विभिन्न विकल्पमध्ये मुलुकको राजनीति र संविधानलाई जोगाउनका लागि भूमिका खेल्ने विकल्पमा टुंगो लाग्छ’, नेपालले भने ।