रामचन्द्रलाई राष्ट्रपति बनाउन देउवाले मागे ओलीसँग भोट,पठाए यस्तो पत्र

काठमडौं । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपति बनाउन आग्रह गर्दै पार्टी सभापति शेरबहादुर देउवाले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई पत्र लेखेका छन्।

आगामी फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनमा आठ दलीय गठबन्धनको तर्फबाट उम्मेदवार बनेका पौडेलका लागि भोट माग्दै अध्यक्ष ओलीलाई देउवाले पत्र पठाएका हुन्।

पौडेल सालिन, बौद्धिक र सुसंस्कृत छविका पौडेल लोकतान्त्रिक आन्दोलनका एक अग्रज व्यक्तित्व भएको उल्लेख गर्दै भोट हाल्नका लागि देउवाले ओलीलाई आग्रह गरेका छन्।

नेकपा एमालेले राष्ट्रपतिमा उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार बनाएको छ।

आज उम्मेदवारहरुको अन्तिम नामावली सार्वजनिक गर्ने कार्यक्रम छ।

राष्ट्रपतिमा मनोनयन दर्ता गरेकाहरूले फिर्ता लिन चाहे आज फिर्ता लिनेसक्ने निर्वाचन आयोगले जनाएको छ।