एकीकृत समाजवादीबाट निर्वाचित नगरप्रमुखले सेवाग्राहीसँग घुस मागेपछि,भयो यस्तो हालत?

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको शम्भुनाथ नगरपालिकाका मेयर जितेन्द्रप्रसाद गुप्ताविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)का नेतासमेत रहनुभएका गुप्तालाई घुस लिएको प्रमाणित भएपछि अख्तियारले मुद्धा दायर गरेको हो।

विद्यालय सभाहल निर्माणको अन्तिम बिल भुक्तानी प्रयोजनका लागि सेवाग्राहीसँग १ लाख ४० हजार रुपैयाँ घुस मागेको पुष्टि भएपछि नगर प्रमुख गुप्ता र इन्जिनियर रामचन्द्र साहविरुद्ध भ्रष्टाचार मुद्दा विशेष अदालतमा दायर गरेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिनुभयो।

गत माघ ३ गते अख्तियारले घुस लिएको अवस्थामा इन्जिनियर साहलाई पक्राउ गरेको थियो। अनुसन्धानको सिलसिलामा मेयर गुप्ता र इन्जिनियर साहको मिलेमतो पुष्टि भएपछि दुबै जनाविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको अख्तियारको भनाइ छ।

काठमाडौ । भारतबाट पेट्रोल र डिजलको मूल्य घटेर आएको छ। डिजेल प्रतिलिटर ५.५ रुपैयाँ र पेट्रोल लिटरमा १.२१ रुपैयाँले मूल्य घटेर आएको छ।

यस्तै मट्टितेलमा प्रतिलिटर ३.४० रुपैयाँ घटेर आएको छ। यसपटक खाना पकाउने ग्यासको मूल्य भने ३३९.०६ रुपैयाँले बढेर आएको छ।

बुधबार इण्डियन आयल कर्पोरेसनले नेपाल आयल निगमलाई पेट्रोल र डिजेलको मूल्य घटेको र खाना पकाउने ग्यासको मूल्य बढेको पत्र पठाएको निगम स्रोतले जनाएको छ।