नेपालमा कुन पार्टीबाट को-को छन् त विदेशीका गुलाम, किन गर्छन् आफ्नै देश र जनता माथि घात?

काठमाडौं। नेपाली राजनीतिमा नियमिततामा क्रमभङ्गतालाई भरसक लोकतान्त्रिक प्रणालीमा नयाँ अभ्यासको रुपमा अथ्र्याउने नेताहरुको पुरानौ बानी हो।

सत्ता–स्वार्थका लागि उनीहरुको यो लुच्चापनलाई यसले पनि छोप्न नसके उनीहरुको मुखमा अहिले बाह्य शक्तिको चलखेल आउने गरेको छ।

आफू अनुकुल भए चुप बस्ने उनीहरु आफूले गर्ने प्रत्येक राजनीतिक स्वार्थ केन्द्रित कार्यलाई अचेल यही शब्दले गंगाजल छर्कने गरेका छन।किन आयो त यो अवस्था ?

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेसलाई साथ दिने निर्णय गरेको दुई दिनपछि अर्थात १२ गते एक सार्वजनिक कार्यक्रममा बोल्दै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले यो कदम देशलाई अस्थिरतातर्फ धकेल्ने काम भएको बताए।

अझ अघि बढेर राजनीतिक स्थिरताका लागि एमाले जोसुकैसँग सहकार्य गर्न तयार हुने बताएका उनले नेपालमा राजनीतिक अस्थिरता कायम गर्न देशी विदेशी शक्ति क्रियाशील रहेको आरोप लगाए।

कांग्रेस छाडेर प्रचण्डले एमाले रोजेर प्रधानमन्त्री भएपछि बढेको शक्तिराष्ट्रका उपल्लो तहका व्यक्तिहरुको भ्रमण र प्रचण्डमा आएको व्यवहारकाबीच उनको यो तर्क सुन्दा मिठो पनि सुनियो।

१४ फागुनमा एमाले अध्यक्ष ओलीले अहिले आफ्नो पार्टी देशी र विदेशी प्रतिक्रियावादी शक्तिबाट खेदिएको आरोप लगाए।

त्यसैले राष्ट्र बचाउन राष्ट्रपतिमा आफ्नो उम्मेद्वारलाई भोट दिनुपर्ने आशयमा प्रस्तुत भएका उनले त्यसअघि पनि प्रचण्ड दवावमा परेको बताउँदै आएका थिए ।

विदेशी शक्तिकै दवाव र त्यसमा प्रचण्ड वहकिदा दुई महिनामै गठबन्धन टुटेर कांग्रेसको ढोक्सामा पुगेको बताउँदै आएका उनले अहिले सबभन्दा बढी विदेशी शक्ति र देशभित्रका प्रतिक्रियावादी शक्तिबाट एमाले खेदिएको समेत भन्न भ्याए।

माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री बन्न मारेको आकस्मिक छलाङले सत्ता पक्ष भएको खुसीमा रहेको एमाले नेताहरु यो गठबन्धनमा पुरै विवस्त थिए।

केही समयअघिसम्म प्रचण्डले गरेको सात खुन माफ भए भनेझै लपक्कै बनेका उनीहरुले शायद आजको परिस्थितिको कल्पनै गरेका थिएनन्।

यद्यपि माओवादीलाई बोक्नुमा अल्पमतको सरकार निर्माण हुने अवस्था आउनुलाई उनीहरुले कारण देखाएर। तर विश्वासको मत पाएको केही दिनमै प्रचण्डले यो गुण बिर्सिएर यस्तो व्यवहार देखाएकी एमाले अध्यक्ष केपी शर्मा ओली पानी बारबारकै अवस्था रहेका माधव नेपाललाई राष्ट्रपतिमा प्रस्ताव गर्न बाध्य बने । तर त्यो पनि पार नलागेपछि प्रचण्डलाई गाली दिन लागि परेको प्रत्येक एमाले नेताको मुखमा यसको कारणमा देशीसँगै विदेशी शक्तिको शब्द दोहोरिने गरेको छ।

अझ गज्जब त कांग्रेसलाई राष्ट्रपति दिन राष्ट्रिय सहमतिको कुरा रटान लगाएको माओवादीले पनि केही दिनअघिसम्म यहि शब्द दोहो¥याइरहेको थियो।

महासचिव देव गुरुङले त साथै, जनताले निर्वाचनमा सबै ठूला दलहरु मिलेर सरकार चलाउन म्याण्डेड दिएकाले पनि दलीय सहकार्य आवश्यक रहेको बताउँदै राष्ट्रपतिमा सबैको सहमति खोजेको बताए ।

तर त्यतिबेला एमालेले आफ्नै नेता राष्ट्रपति हुने पर्ने अडान लिइरहेको अवस्थालाई संकेत गर्दै उनले विदेशी शक्ति राष्ट्रहरुको चलखेलले गर्दा राष्ट्रपतिमा राष्ट्रिय सहमति जुटाउन अप्ठेरो परेको बताएका थिए।

यी दुई प्रसङ्ग हेर्ने हो भने माओवादीको नजरमा विदेशी शक्ति पराजित भएको छ भने राष्ट्रिय सहमतिका व्यक्ति रामचन्द्र पौडेल भेटिएका छन।

तर एमालेको कुरा सुन्ने हो भने बल्ल विदेशी शक्ति सफल भएको छ।

जसले एमालेले गरिरहेको स्थिरताको प्रयास फेल भएको छ भने कृपा पाउनेहरु एक ठाउँमा आएका छन।

जसले विदेशी शक्तिको भाष्य दलहरुकले कसरी आफ्नो स्वार्थमा प्रयोग गर्छन प्रष्ट।

जुन कम्युनिष्ट पार्टीहरुमा अझ बढि छ। तर देश विदेशी शक्तिको चङ्गुलमा रहेको भने यसले प्रष्ट पार्छ।

जहाँ आफु अनुकुल भए त्यसैलाई सही भन्ने प्रतिकुल भएमात्र बोल्ने दलहरुको बानी यसलाई अझ बढाइरहेको छ।

पछिल्लो समय भारतीय तरकारीमा विषादी प्रयोगमा नेपाल पछि हटेको विषय समेत यसैको उदाहरण हो ।

ओली सरकारका बेला समेत यसरी नै सरकार पछि हटेको बिर्सिदै एमाले भातृसंगठन अहिलेको सरकारलाई गाली बर्साइरहेका छन ।

जसले उनीहरुको राजनीतिक रोटी सेकिएपनि आम नागरिक भने विषयुक्त तरकारी उपभोग गर्न बाध्य बनिरहेका छन्।

यी उदाहरणहरुले देशकै नेताहरुको निकम्मापनका कारण विदेशी शक्ति हावी भइरहेको प्रष्ट भएपनि नेताहरु त्यो स्वीकार्न तयार छैनन्।

नेताहरुको यही दोधारे चरित्रकै कारण आमनागरिक भने दिग्भ्रमित हुने अवस्था।

फलत ः यसैलाई प्रयोग गरेर कसरी सत्ता प्राप्त गर्ने भन्दा माथि दल र नेताहरु उठ्न सकेका छैनन्। जसले उनीहरुले भन्ने गरेको विदेशी शक्तीलाई चलखेल गर्न सहज भएको छ।

जुन सार्वभौम सत्ता सम्पन्न नागरिका दृष्टिले आम नेपालीका लागि सैह्य नहुने तथा साना राष्ट्रमाथि ठुला राष्ट्रले निर्वाह गर्नुपर्ने कर्तव्य विपरीत कार्य नै हो। तर नेता भक्तिभन्दा माथि नउठ्ने नागरिककै कारण आफ्नो थैली राम्रो नबाध्ने चोरलाई दोष लगाउने उखान चरितार्थ भइरहेको छ।