राष्ट्रपति निर्वाचनको प्रतिवेदन आयोगले आज राष्ट्रपति भण्डारीलाई बुझाउँदै

काठमाडौं । निर्वाचन आयोगले बिहीबार सम्पन्न राष्ट्रपतिको निर्वाचनको मत परिणामसहितको प्रतिवेदन शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउने भएको छ।

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ६० बमोजिम आयोगले निर्वाचनको परिणामसहितको प्रतिवेदन शुक्रबार राष्ट्रपतिसमक्ष पेस गर्न लागेको हो।

आयोगले निर्वाचनको प्रतिवेदन बहालवाला राष्ट्रपतिलाई बुझाएपछि मात्रै नवनिर्वाचित राष्ट्रपतिको सपथ ग्रहण तथा पदभार हस्तारणको प्रक्रिया सुरू हुन्छ।

राष्ट्रपति भण्डारीको कार्यकाल आगामी आइतबार सकिने भएकाले नवनिर्वाचित राष्ट्रपति पौडेलले सोमबार पद तथा गोपनियताको शपथ लिएर कार्यभार सम्हाल्नु हुनेछ।