सत्ता गठबन्धनमा भागबण्डा नमिल्दा सकस,यी मन्त्रालयमा सहमति जुटाउन पुनः आज बैठक बस्दै

काठमाडौ ।सत्ता गठबन्धनको मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक निष्कर्षविहीन सम्पन्न भएको थियो।

मन्त्रालय भागबण्डा लगाउन बसेको बैठकले सहमति जुटाउन नसकेपछि आज (बुधबार)बिहान पुनः ९ बजे बैठक बस्ने सहमति भएको थियो। 

मुख्यतः गृह र अर्थ मन्त्रालयकाे विषयमा कुरा मिलेको छैन । काँग्रेसले प्रकाशशरण महतलाई अर्थ मन्त्रालयकाे जिम्मेवारी दिने भनेपनि पार्टी भित्रबाट व्यापक विरोध भएको छ। 

त्यस्तै गृहमन्त्रीमा एकीकृत समाजवादीले दाबी गरेपछि माओवादीलाई पनि सकस भएको छ। तर आज जसरी भएपनि भागबण्डाकाे टुंगो लगाउने गठबन्धनका नेताहरूले बताएका छन् ।

आज (बुधबार)को बैठकले भने मन्त्रालय भागबण्डा लगाउने भनिएको छ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्का, नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपाललगायतका नेताहरूको सहभागीता रहेको थियोे।

यस्तै, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष सिके राउत, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, आमजनता पार्टीका अध्यक्ष प्रभु साहलगायतका नेताहरू पनि सहभागी भएका थिए।