मन्त्रालयको भागबण्डामा उपेन्द्र यादवको आपत्ति, प्रचण्डलाई दिए यस्तो कडा चेतावनी

फाइल तस्वीर

काठमाडौं । सत्तागठबन्धनमा बुधबार साँझ भएको सहमतिको मसि नसुक्दै सोही गठबनधनको एक घटक जनता समाजवादी पार्टी (जसपा)ले असहमति जनाएको छ।

जसपाका अध्यक्ष उपेन्द्र यादवले मन्त्रालयको भागबन्डामा आफ्नो दलको सहमति नरहेको बताएका हुन्।

अध्यक्ष यादवले आजको बैठकमा सबै दलले आफ्नो दाबी प्रस्तुत गरेको भए पनि बाँडफाँट नमिलेको बताएका छन्।

कुन दलले कति वटा र कुन–कुन मन्त्रालय पाउने निर्णय ८ बजे बस्ने बैठकले टुंगो लगाउने उनको दाबी छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा भएको सहमतिलाई उदृत गर्दै सञ्चार माध्यममा आएको समाचारको समेत यादवले खण्डन गरेका छन्।

यादवले मन्त्रालयको संख्यामा भएको सहमतिको हवाला दिँदै मिडियाले लेखेको समाचार अन्दाज मात्र भएको बताएका हुन्।