प्रधानमन्त्री प्रचण्डले शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्ने

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबारमात्रै मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन्। बिहीबार अबेरसम्म प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सहमति नभएपछि मन्त्रिपरिषद् विस्तार मिति सरेको हो।

बिहीबार नै मन्त्रिपरिषद् विस्तार गर्नेगरी छलफल गरिएपनि सहमति जुट्न ढिलाइ भएपछि शुक्रबारसम्मका लागि समय सरेको हो।

यद्यपि अझैपनि सबै पार्टीले पाउने मन्त्रालयको टुंगो लागिसकेको छैन। शुक्रबार बिहान एक चरण छलफल गरेर दिउँसोसम्ममा शपथ दिलाउने गठबन्धनको तयारी रहेको एक नेताले बताए।