मालपोत कार्यालय बाराका खरिदार र लेखापढी अख्तियारको नियन्त्रणमा

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला मालपोत कार्यालय बाराका दुई जना कर्मचारीलाई नियन्त्रणमा लिएको छ।

अख्तियारले आइतबार खरिदार राम विश्वास साह र लेखापढीको काम गर्ने गौरीशंकर कुशवाहालाई नियन्त्रणमा लिएको हो।

जग्गा रजिष्ट्रेसन पास गर्नका लागि सेवाग्राहीसँग लिएको १५ हजार घुससहित नियन्त्रणमा लिएको अख्तियारले जनाएका छ। उनीहरुमाथि थप अनुसन्धान भइरहेको जनाइएको छ।