प्रचण्डले मन्त्री बनाएकाहरू प्रति ओलीले दिए यस्तो प्रतिक्रिया? के त्यस्तो होला त ?

फाइल तस्वीर

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ‘एमाले विरोधी हुँ’भन्नेहरू वर्तमान सरकारमा मन्त्री भएको टिप्पणी गरेका छन्।

 काठमाडौंमा आयोजित पार्टी निकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघको राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रममा ओलीले एमालेको पक्षमा छैनौँ भन्नेहरूलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्री बनाएको बताए।

उनले भने,आज राष्ट्रिय शक्ति निर्माण गर्ने एमालेको उद्देश्य,देशको निम्ति काम गर्ने एमालेको उद्देश्य,त्यस्तो पार्टीलाई राष्ट्रिय शक्ति बन्न नदिएर नेपाललाई छिन्नभिन्नको स्थितिमा अहिलेको हेर्नुस्त मन्त्री, ओ हो‘हो।

के का मन्त्री हुन्, कस्ता मन्त्री हुन्? कस्तो गठबन्धन हो? यस्ता कुराहरूबाट हामी देश बनाउन सक्दैनौँ,उनले भने।

उनले सत्तारूढ दलहरू ‘दशतिर फर्केकाले उनीहरूबाट देश बन्नै नसक्ने पनि बताए। देश बनाउनका लागि एउटा नीति, एउटा विचार, एउटा संगठनले नेतृत्व गर्नुपर्ने उनको भनाइ छ।

दश जनाले दशतिर तानेकाले देशको रथ कता जाने भन्ने प्रश्न वर्तमान सरकारमाथि रहेको ओलीले बताए ।

एउटा नीतिमा देश चल्नुपर्छ, एउटा विचारमा देश चल्नुपर्छ। एउटा संगठनले नेतृत्व गर्नुपर्छ। दशतिर फर्केका छन्। उसले उता डोरी तान्छ,अर्कोले उता डोरी तान्छ।

त्यस्ताले कहाँ पुर्‍याउँछन देश? देशको रथ कता जाने। दश जनताले दशतिर तानेको छ। १० वटा पार्टीले दशतिर तानेको छ। के भन्छ ? बुझेको, सुझेको केही छैन।

भवितव्यमा दुई वटा सिट आयो। एमालेका विरुद्ध बोले। मन्त्री भए । जान्नुतान्नु केही पनि पर्दैन। एमालेको पक्षमा म छैन। एमाले विरोधी हुँ भनेपछि मन्त्री बन्न क्वालिफिकेसन पुग्छ।

यस्तो ठाउँमा हामीले देश बनाउने अभिभारा बोकेका छौँ भने त्यो गम्भीरता हामीमा हुनु प‍र्‍यो,उनले भने।