वैदशिक रोजगारीबाट फर्किएका पुरुषले पोखरामा गरे आत्मदाह

सांकेतिक तस्वीर

काठमाडौं । पोखरामा मंगलबार एक व्यक्तिले आत्मदाह गरेका छन्। पोखरा महानगरपालिका-१७ समृद्धि मार्गमा बस्ने नन्दप्रसाद अर्यालले घरको कोठामा आत्मदाह गरेको कास्की प्रहरीले बताएको छ।

प्रहरीका अनुसार स्याङ्जा अर्जुनचौपारी-१ स्थायी घर भएका अर्यालले आज मंगलबार दिउँसो करिब ३ बजे शरीरमा आगो लगाएर आत्मदाह गरेका हुन्।

तीन तले भवनको दोस्रो फ्ल्याटको कोठाभित्र शरीर जलेको अवस्थामा अर्यालले शव भेटिएको प्रहरीले बताएको छ।

घरमा कोही नभएको अवस्थामा भित्रबाट चुकुल लगाएर आगो लगाएको देखिएको प्रहरीले बताएको छ। अर्यालको कोठाबाट आगोको मुस्लो आएसँगै स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

उनी ६ महिनाअघि मात्रै वैदेशिक रोजगारी गरेर कतारदेखि फर्किएका थिए भने उनी फेरि जाने तयारीमा रहेका थिए।

प्रहरीले तत्काल उद्धारको प्रयास गरेको भएपनि उनको मृत्यु भइसकेको थियो। अर्यालका एक श्रीमती एक छोरी रहेका छन्। प्रहरीले घटनाको बारेमा अनुसन्धान जारी राखेको बताएको छ।