अविवाहित वा एकल महिलाले जन्माएका सन्तानको जन्मदर्ता मावलीको थरबाट हुने,यस्तो दियो गृहमन्त्रालयले निर्देशन

काठमाडौं। अब एकल महिलाले जन्माएका र बाबुको ठेगान नभएका बालबालिकाहरुको जन्मदर्ता मावलीको थरबाट बनाउन मिल्ने भएको छ।

नेपाल सरकारको गृहमन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले आज देशका ६ हजार ७४३ वटै वडा कार्यालयका स्थानीय पञ्जिकाधिकारीलाई ४ बुँदे सर्कुलर पठाएर सो निर्देशन दिएसँगै अब सबै बालबालिकाहरुको जन्मदर्ता बनाउन मिल्ने भएको हो।

विवाह अघि जन्म भएको तर पितृत्वको ठेगान भएको बच्चाको जन्म दर्ता मावलीकै थर राखी आमाको स्थायी ठेगानामा गर्ने भनिएको छ।

त्यस्तै बच्चा मावलीमै बसेको भए सोही ठेगानामा दर्ता गर्नुपर्ने भनिएको छ।बाबुको ठेगाना पत्ता लागे सोही ठेगाना राखेर नयाँ जन्म दर्ता गर्ने समेत उल्लेख छ।