मध्यरातिमा जनरक्षामिडियाको महत्वपूर्ण सामाग्रीहरू नियोजितरूपमा चोरी,प्रहरी अनुसन्धान गर्दै

काठमाडौं। काठमाडौंक‍ो वुढानिलाकण्ठ नगरपालिका वडा नं ११ मा गत चैत २० गते मध्यराति करिब १२ बजे बाट २:३० बजेसम्म जनरक्षा डटकमका संञ्चालक तथा प्रधानसम्पादकक‍‍‍‍ो घरबाट सञ्चार माध्यमका महत्वपूर्ण सामाग्रीहरु नियोजितरूपमा चोरी भएको छ।

जनरक्षा मिडिया प्राली द्वारा संञ्चालन हुँदै आइरहेको जनरक्षा साप्ताहिक पत्रिका तथा जनरक्षा डटकमले विगत तीन वर्षदेखि देशभित्र भइरहेको भ्रष्टाचार,अन्याय ,तस्करी ,मिटर व्याजि धन्दा लगायतका विभिन्न विषयहरूमा राज्य र अन्य सराेकार वाला पक्षलाइ खबरदारी गर्दै आइरहेक‍‍‍ो थियो।

यस्तै गत माघ महिनामा रसुवाबाट ६५ किलो सुन तस्करी भएको विषयमा समेत जनरक्षा डटकमले सम्बन्धित निकायलाइ सुसूचित गराएको थियो।

सुन तस्करी सम्बन्धि समाचार प्रकाशित गरेको विषयमा सुन तस्करहरुद्वारा जनरक्षाका संञ्चालक रामशरण काफ्ले लाई फोन गरी तँ र त्यर‍ो परीवार लाई समेत खतम पार्छौ भन्दै धम्की  समेत दिएका थिए।

यसरी राज्यलाई खबरदारी गर्ने क्रममा समाचार लेखेकै विषयमा धम्की आए पछि जनरक्षा डटकमका संञ्चालक को ज्यू-ज्यानको रक्षाको लागि उक्त समाचार जनरक्षा डटकम, खोजतलास अनलाइन,हाम्रो अनलाइन डटकमलागयतका अन्य मिडियाहरूबाट समेत प्रकाशित भएको थियो।

समाचार प्रकाशित भएको करीब एक महिना पछि नेपाल र भारतक‍ो सिमानामा १०१ किलो सुन भारतीय प्रहरीले बरामद गरेको विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशित भएकाे सबैमा सर्वविदितै छ।

यस्तै जनरक्षाले विगतमा राज्यको चरम दुरुपयोग गरि गाउँपालिका अध्यक्षले एक चेलि माथि गरेको यौन शोषण,ज्यान मार्न सुपारी दिए सिन्धुपाल्चोकक‍ो झ्ङ्गिेले भन्ने शिर्षक मा स-प्रमाण समाचार प्रकाशित गरि प्रहरीलाई समेत सहयोग पुर्याएक‍ो थियो।

यसैगरी आर्थिक तरलताको नाममा विभिन्न सहकारीका सञ्चालकले गरेका ठगी धन्दा बारे बतचकर्तालाई विगतमा जनरक्षाले सुसूचित गराएकै हो।

पछिल्लो चरणमा नियतवस या अन्य तरीकाले मध्येराति जनरक्षाको सञ्चार उपकरण च‍‍ोरी हुनु वा गर्नु अनुसन्धानको पाट‍ो बन्ला तर एउटा सञ्चारमाध्यमको डिभाइसमा ग‍ोप्य सुचना,भिडियो,अन्तरसंबाद र समाचारका विभिन्न प्रमाणहरु सुरक्षित नै हुन्छ यसमा सम्बन्धित सुरक्षा निकाएका साथै सम्बन्धित पक्षले गम्भीर रुपमा स‍‍ोच्नु आवश्क देखिएकाे छ।

यस घट्नाक‍ो विषयमा महानगरीय प्रहरी बृत बौद्ध ,प्रहरीप्रभाग कपन, अपराध अनुसन्धान बिभाग साथै प्रहरीका अन्य विभागले अनुसन्धान अगाडि बढाएको जानकारी गराएका छन्।