एकैपटक किन भयो यतिधेरै प्रहरीको सरुवा?

काठमाडौं।प्रहरी प्रधान कार्यालयले बिहीबार सयौं प्रहरीको सरुवा निकालेको छ।

इन्सपेक्टर भन्दा तल्लो तहका प्रहरीको सरुवा भएको हो ।

५ बरिष्ठ सई, १६ सई, ५७ असई, ३९ जना वरिष्ठ हवल्दार, एक सय ७३ हवल्दार, दुई सय ९० सहायक हवल्दारको सरुवा भएको छ।

साथै जवानको पनि ठूलो संख्यामा सरुवाको तयारी छ ।

तल्लो तहका प्रहरीलाई घरपायक तथा श्रीमान–श्रीमतीलाई एकै ठाउँमा हुने गरी सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।