सेना र प्रहरीमा जागिर लगाइ दिन्छु भन्दै ४८ लाख ठगी

काठमाडौं। सेना र प्रहरीमा जागिर लगाइदिने भन्दै ४८ लाख ठगी भएको खुलासा भएको छ।

सुर्खेत भेरीगङ्गा नगरपालिका ३ की लक्ष्मी सुनारले प्रहरीमा जागिर लगाइदिने तथा शान्ति सेनामा पठाइदिने आश्वासन दिएर आफूबाट करिब ४८ लाख रुपैयाँ ठगी भएको बताएकी हुन्।

पत्रकार सम्मेलन गर्दै पीडित सुनारले जाजरकोट स्थायी ठेगाना बताउने किरण शाही ठकुरीले आफूसहित १८ जनाको ४८ लाख रुपैयाँ ठगी गरेको बताइन्।

शाहीले आफ्नो श्रीमानसहित अन्य पाँच जनालाई शान्ति सेनामा पठाउने भन्दै प्रतिव्यक्ति तीन लाख रुपैयाँको दरले पैसा लिएर फरार भएको पीडित सुनारले बताइन्।