एमालेबाट पूर्वमाओवादी विद्रोहको तयारीमा: प्रचण्ड र लेखराजबीच भयो यस्तो गोप्य सहमति

फाइल तस्बिर

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले नेकपा एमालेका सचिव लेखराज भट्टसँग भेटघाट गरेका छन्।

प्रचण्ड भट्ट निवास धनगढी पुगेर उनलाई भेटेका हुन्।

सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहको कार्यक्रममा जाने सिलसिलामा प्रचण्डले भट्टकै घरमा पुगेर भेटेका हुन।

तत्कालीन माओवादी जनयुद्धमा लामो समय सहकार्य गरेका दुई नेताबीचको भेटले निक्कै चर्चा पाएको छ।

प्रचण्डले भट्टको घरमा पुगेर यो घरमा मेरो ४० वर्षदेखि सम्बन्ध भएकाले याद आएर भेटेको प्रष्टीकरण दिएका छन् ।

‘यो घरसँग मेरो ४० वर्षदेखिको सम्बन्ध छ।

यहाँमाथि एउटा म बस्ने कोठा छ।जहाँ मैले खाने बस्ने गर्थे।

त्यसैले यो घर मेरोपनि हो भन्ने लागेर यहाँ आएको हो,भेटपछि प्रचण्डले भने,बाँकी कुरा लेखराज जी राजनीतिक व्यक्तित्व भएकाले समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने भइहाल्यो।

तर, प्रचण्डले भने जस्तो सामान्य रूपमा याद आएर उनले भेटेका होइन।

बेलुका प्रचण्डले लेखराजसँग फोनमा कुराकानी समेत गरेको सुदूरपश्चिम प्रदेशका एक माओवादी नेताले बताए।

प्रचण्ड लेखराजबीच फोन सम्पर्क भएपछि आइतबार उनको निवास पुगेका हुन्।

प्रधानमन्त्री र लेखराज भट्टबीच फोन सम्पर्क के बोलचाल समेत थिए।

हामी फोन सम्पर्क गराएर भेटघाट गराउनसम्म सफल भयौं’ एक माओवादी नेताले भने, उहाँ एमालेमा सन्तुष्ट हुनुहुन्न।

हामीलाई लेखराजजी जस्तो अभिभावक चाहिएको छ,ती नेताले भने।

माओवादी सुदूरपश्चिम इन्चार्ज खगराज भट्टबाट पार्टी बलियो हुन नसकेपछि लेखराजसँग संवाद अघि बढाईएको हो।

हामीले धेरै कुरा बाहिर भन्न मिल्दैन। बाहिरभन्दा धेरै कुरा बिग्रन् सक्छ,सबै कुरा मिल्दै गएमा लेखराजसहित अरू साथीहरू एक ठाउँमा आउने स्थिति बन्नसक्छ।

माओवादीबाट एमाले प्रवेश गरेका अधिकांश नेता कार्यकार्यकर्ता सन्तुष्ट छैनन्।

पछिल्लो समय जनयुद्धलाई घृणा गर्नेगरी एमाले अध्यक्ष केपी ओलीले हिंसा रूपमा व्याख्या गर्न थालेपछि पूर्व माओवादी नेताहरू असन्तुष्ट बनेका छन्।

एमालेमा पूर्व माओवादीको स्थान समेत नभएर खुम्चिँदै गएपछि कमजोर हुँदै गएका छन् ।