एकैदिन थप १०६ जनामा कोरोना संक्रमण,१ जनाको मृत्यु

काठमाडौं। देशभर थप १ सय ६ जनामा कोरोना संक्रमण पुष्टि हुँदा १ जनाको मृत्यु भएको छ।पछिल्लो २४ घण्टामा २ हजार ४ सय ३६ जनाको नमूना परीक्षण गरिएको थियो।

४ सय ७६ जनाको पीसीआर र १ हजार ९ सय ६० जनाको एन्टीजेन विधिबाट नमूना परीक्षण गरिएको थियो। उक्त परीक्षणमा १ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मंगलबार ४८ जना संक्रमणमुक्त भएका छन्। हाल ४६९ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्। त्यस्तै, २४ घण्टामा कोरोनाको संक्रमणबाट १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।